आफ्नो नामको नक्कली फेसबुक बनाएर आइडलका प्रतिस्पर्धीलाई भोट मागिएको भन्दै एमाले सचिवको आपत्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । आफ्नो नामको नक्कली फेसबुक आइडी बनाएर नेपाल आइडलका प्रतिस्पर्धीलाई भोट मागेको भन्दै एमाले सचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् ।

उनले सामाजिक संजाल दुरुपयोग गरी आफुसँग जोडेर कुप्रचार गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले नेपाल आइडलका सबै प्रतिस्पर्धी आफ्ना लागि समान भएको भन्दै उनीहरु नेपालका शान र गौरब भएको बताएका छन् ।

‘नेपाल आइडलमा प्रतिस्पर्धा गरिरहेका सबै कलाकारहरु मेरा लागि समान छन र उनीहरु सबै नेपालका सान र गौरब हुन । यस्तो सवालमा जात वा क्षेत्रका आँखाबाट हेर्नु दुर्भाग्य हो । मेरो नामसँग मिल्दोजुल्दो आइडी बनाएर केहि गलत मानिसहरुले मेरो भनाइ भनेर गलत प्रचार गरिरहेका छन,’ उनले मंगलबार फेसबुकमा स्टाटस लेख्दै भनेका छन, ‘त्यस्ता कुप्रचारबाट प्रभाबित नहुन म मेरा शुभेच्छुकहरुलाई बिनम्म्रतापुर्बक निबेदन गर्दछु । सामाजिक सन्जालको दुरुपयोग गरी समाजलाई बिभक्त गर्नखोज्नेलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *