हलिउडका कयौं रेकर्ड तोड्यो ‘इट्’ले, ३ दिनमै १८ अर्ब ४० करोड कमाइ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । हलिउडका कयौं रेकर्ड तोडेर चलचित्र ‘इट्’ले तीन दिनमै १८ अर्ब ४० करोड रुपैयाँ कमाएर नयाँ रेकर्ड कायम गरेको छ ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको अहिलेसम्मकै सबैभन्दा डरलाग्दो मानिएको भूतको फिल्म ‘इट्’ ले तीन दिनमै उक्त आम्दानी गरेको फोब्स् म्यागजिनले उल्लेख गरेको छ ।

‘इट्’ ले ‘वर्ल्डवाइड बक्स अफिस’ले तीन दिनमै १८ अर्ब ४० करोड रुपैयाँ कमाएको उल्लेख गरेको फोब्स् म्यागजिनका अनुसार यस फिल्मले कैयौँ हलिउड फिल्मको रेर्कड तोडिसकेको छ ।

विश्वप्रसिद्ध लेखक स्टीफन किंगको उपन्यासमा आधारित बनेको उक्त फिल्म पहिलो दिनमै सबैभन्दा धेरै कमाउनेको सुचिमा पनि परेको छ । ‘इट्’ले पहिलो दिनमै ५ अर्ब २२ करोड कमाएको थियो । यसअघि सन् २०१३ मा हलिउड फिल्म ‘द कंन्यूरिंग’ले पहिलो दिनमा ३ अर्व ६२ करोड रुपैयाँ कमाएर रेकर्ड बनाएको थियो ।

करिब ३ अर्ब ५९ करोड रुपैयाँ लागतमा बनेको उक्त फिल्म ‘इट्’ दुई भागमा बनेको छ । एन्ड्रेस् मुस्चिएत्तीले निर्देशन गरेको सो फिल्मको दोस्रो भाग भने सन् २०१९ मा आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *