सालालाई बलिउडमा डेब्यू गराउँदै अक्षयकुमार

  • 2.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.1K
    Shares

काठमाडौं, २७ भदौ । अक्षयकुमारका सालाले बलिउडमा डेब्यू गर्ने भएका छन् । बलिउड स्टारका छोराछोरीहरुको बलिउडमा प्रवेशको खबर आइरहेका बेला अक्षय कुमारले भने साला अर्थात श्रीमतीको भाईलाई फिल्ममा लन्च गर्ने तयारी गरिरहेका छन्। करन डिम्पल कपाडियाकी बहिनी सिम्पल कपाडियाको छोरा हुन्।

करनले खेल्ने फिल्मको निर्माण टोनी डिसुजाले गर्नेछन्। टोनीले यसबारेमा बोल्दै करनलाई फिल्ममा राख्ने कुरा भएको तर यसबारे अहिल्यै बोल्नु उचित नहुने बताएका छन् ।

उनले फिल्म ‘क्याप्टेन नवाब’को शुटिङपछि अर्को प्रोजेक्टमा काम गर्ने बताए। २४ वर्षीय करनले १४ वर्षको हुँदादेखि फिल्ममा काम गर्ने सोच बनाएको बताएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *