भारतीय नम्बरको गाडी प्रयोग सम्बन्धमा उपसभामुख यादवलाई सोधियो स्पष्टीकरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंङ्घन गरेको भन्दै व्यवस्थापिका संसद्का उपसभामुख गंगाप्रसाद यादवसँग २४ घण्टे स्पष्टिकरण माग सोधेको छ ।

२ नम्बर प्रदेशमा २ असोजमा हुन लागेको तेस्रो चरणको निर्वाचनको क्रममा सप्तरीमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै उपसभामुख यादवसँग आयोगले स्पष्टीकरण सोधेको हो ।

सप्तरीमा निर्वाचन प्रचार प्रसारमा भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले उपसभामुख यादवलाई २४ घण्टा भित्र कारवाही गर्नु नपर्नाको कारण पेस गर्न भनेको छ ।

यस्तै आयोगले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घयटे स्पष्टीकरण मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *