नवराज सिलवालको आईजीपी दौड अन्त्य, प्रकाश अर्यालको बढुवा सदर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) बन्ने डीआईजी नवराज सिलवालको दौड अन्त्य भएको छ । आईजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआईजी नवराज सिलवालले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । उक्त रिट खारेज भएसँगै आईजीपी बन्ने सिलवालको सपना पनि टुटेको छ ।

प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नेतृत्वको पूर्ण इजलासले मंगलबार सिलवालले दायर गरेको रिट निवेदन खारेज गरेको हो । उनको माग दावी पूरा नहुने भन्दै सर्वाेच्चले रिट खारेज गरिदिइको हो ।

करिब ६ महिनाअघि वरियता मिचेर सरकारले प्रकाश अर्याललाई आइजीपी बनाएको भन्दै सिलवालले उक्त सरकारी निर्णय खारेजको माग गर्दै रिट दायर गरेका थिए ।

अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने सर्वाेच्चले ठहर गरेको हो । सर्वाेच्चको उक्त फैसलासँगै आईजीपी नियुक्ति विवाद पनि अन्त्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *