च्याम्पियन्स लिग फुटबलः बार्सिलोनासँग युभेन्टस पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलानाले युभेन्टसलाई ३–० गोलले हराएको हो । लियोनल मेस्सीले खेलको ४५ औँ र ६९ औँ मिनेट र इभान र्‍याकिटिकले खेलको ५६ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले शानदार जित दर्ता गरेको हो । पोस्टमा ७ वटा उत्कृष्ट प्रहार गरे पनि युभेन्टसले गोल गर्न भने सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *