च्याम्पियन्स लिग: नेयमार प्रेरित पिएसजीले सेल्टिकलाई ५–० ले हरायो, किन रिसाए नेयमार ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ २८ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्कटल्याण्डको क्लब सेल्टिकमाथि शानदार जित गर्दा गरेको छ । सेल्टिक पार्कमा भएको खेलमा पिएजीले सेल्टीकलाई ५–० गोलले हराउँदै प्रभावशाली जित दर्ता गरेको हो ।

पिएसजीलाई जिताउने क्रममा नेयमारले १९ औँ मिनेटमा, एम्बाप्पेले ३४ औँ मिनेटमा, काभानिले ४० औँ र ८५ औँ मिनेटमा गोल गरेका थिए । सेल्टिकले आत्मघाती एक गोल गरेको थियो ।

खेलका क्रममा सेन्टिकका डिफेन्डर एन्थनी रालस्टनले नेयमारलाई फल गरेका थिए । फल गरेपछि रालस्टनले नेइमारलाई होच्याउने पारामा उनको मुखमा हेरेर हाँसेपछि रिसाएका नेयमारले खेल सकिएपछि पनि उनीसँग हात मिलाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *