चलचित्र विकास बोर्डको अध्यक्षका लागि १३ जनाको आवेदन, कसको छ पल्लाभारी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
 काठमाडौं, २८ भदौ । चलचित्र विकास बोर्डको अध्यक्षका लागि १३ जनाले आवेदन फर्म भरेका छन् । सञ्चार मन्त्रालयले विकास बोर्डको अध्यक्ष नियुक्ति गर्न १५ दिने विज्ञापन आह्वान गरेको थियो ।
तोकिएको समय भदौ २५ गतेसम्म १३ जना चलचित्रकर्मीले आवेदन हालेका छन् । आवेदन हाल्नेमा चलिचत्र निर्देशक उज्ज्वल घिमिरे, सुचित्रा श्रेष्ठ, नरेश केसी, निकिता पौडेल, होतराज शर्मा, सुदिपकुमार रेग्मी, आयुष रिजाल (गोपाल), विशाल श्रेष्ठ, आलोककुमार तिवारी, मनिष पण्डित, योगेश घिमिरे (टिकाराम), चोपेन्द्रसागर पराजुली, सुष्मा थापा कार्की छन् ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ । सो समितिले आवेदन फर्म भर्नेहरूको प्रस्तावको मूल्यांकन गरी अन्तर्वार्ता लिएर तीनजनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने छ । तिनै नाम सञ्चार मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ ।
चलचित्र विकास बोर्ड अध्यक्षका लागि अहिले चारजनाको नाम चर्चामा छ । स्रोतका अनुसार मनिष पण्डित, नरेश केसी, विशाल श्रेष्ठ र उज्ज्वल घिमिरेमध्ये एकजनाले नियुक्ति पाउने छन् ।

One thought on “चलचित्र विकास बोर्डको अध्यक्षका लागि १३ जनाको आवेदन, कसको छ पल्लाभारी ?

  1. रोशनी के सी लाई दिनु पर्ने हो। उनी नेपाली कांग्रेस को संस्कृति विभाग को महामन्त्री पनी छिन्। तर गर्ने येस मा पनि पैसा को च लखेल हुने होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *