एसीसी एसिया कप छनौटमा नेपालको दोस्रो जित, ९ विकेटले भुटान पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एसिया कप छनौटमा नेपालले दोस्रो जित हात पारेको छ । यसअघि थाइल्याडलाई पराजित गरेको नेपालले बुधबार भुटानलाई ९ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गर्दै भुटानले दिएको ५१ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेट गुमाएर ८.३ ओभरमा भेट्टायो । नेपालका लागि सन्दिप सुनारले २१ रन बनाएका थिए भने आशिफ शेख २३ र अनिलकुमार साह ४ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको भुटानका टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट र सन्दिप लामिछानेले ४ विकेट लिएका थिए ।
नेपालले अब आफ्नो तेस्रो खेल बिहीबार भोलि मलेसियाको क्लव अमानमा सिंगापुरसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *