किन लुकाइयो ‘ऐश्वर्य’मा केकीको भूमिका ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । नायिका केकी अधिकारीको आगमी चलचित्र ‘ऐश्वर्य’ उनको भूमिका निर्माणपक्षले लुकाएको छ । उनको अभिनय रहेको यो फिल्म आउँदो कार्तिक ९ मा रिलिज हुने भएपनि उनी कतै देखिएकी छैनन । फिल्मको कार्यक्रम तथा सार्वजानिक गीत र टिजर तथा पोष्टरमा समेत केकीलाई निर्माण पक्षले देखाएको छैन ।

फिल्ममा प्रमुख कलाकारको रुपमा रहेकी केकीको भूमिका विस्तारै खुल्ने निर्देशक दिवाकर भट्टराई बताएका छन् । केकीको फिल्मको एक मुख्य कलाकार भएको उनको भनाई छ । ‘ऐश्वर्य’का सार्वजनिक सामाग्रीमा रमेश उप्रेती, प्रशान्त ताम्राकार र दीपिका प्रसाईं मात्र हाईलाईट भइरहेका छन् ।

फिल्ममा निर्मल शर्मा , अर्जुन श्रेष्ठ , तेन्जु योन्जन लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *