‘ए मेरो हजुर २’ ले सफलता पाएपछि झरना थापाले भनिन्, ‘सबै दुःख बिर्सिएकी छु’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । आफूले निर्देशन गरेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भएपछि झरना थापा फुरुंग भएकी छन् । उनले बुधबार फेसबुकमार्फत सबैलाई धन्यवाद दिएकी छन् ।

यसअघि आफूले अभिनय गरेका चलचित्र मन पराइदिएर कलाकार झरना थापाको परिचय बनाइदिएको भन्दै उनले पहिलोपल्ट निर्देशन गरेको चलचित्र हेरेर सफलता आफ्नो काम मन पराइदिएकोमा उनले खुसी व्यक्त गरेकी छन् ।

‘मैले अभिनय गरेका चलचित्रलाई मन पराइदिएर कलाकार झरना थापाको परिचय बनाई दिनुभयो । लामो चलचित्र निर्माण र अभिनयको अनुभवलाई पहिलोपल्ट चलचित्र ए मेरो हजुर २ निर्देशन गरें ! मेरो कामलाई तपाईहरूले मन पराइदिनु भयो, तपाईहरूकै अपार मायाले चलचित्रले ठूलो सफलता प्राप्त गर्‍यो,’ झरनाले लेखेकी छन्, ‘चलचित्र निर्माणको बेलाको सबै दुःख बिर्साउने गरी तपाई दर्शकहरूले दिनुभएको मायाले ममा अझै धेरै उत्साह थपिदिएको छ !’

झरनाले आगामी दिनमा पनि आफू चलचित्र निर्माण र निर्देशनमा निरन्तर रहेको भन्दै सहयोग र सद्भावको अपेक्षा राखेकी छन् । ‘ए मेरो हजुर २’ यतिखेर दोस्रो सातामा देशका विभिन्न हलमा प्रदर्शनमा आइरहेको छ । चलचित्र चाँडै विदेशमा पनि प्रदर्शन गर्ने झरनाले बताएकी छन् । ‘ए मेरो हजुर २’ मा सलिनमान बानिया र साम्राज्ञराज्यलक्ष्मी शाहको मुख्य अभिनय रहेको छ । चलचित्रका सबै गीत हिट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *