शहिदको रगत बेचेर उम्मेदवार भएकालाइृ भोट नदिन शहिद पिता चौरसियाको अपिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 वीरगन्ज,२८ भदौं । नेपाली काङ्ग्रेस पर्साका सभापति एवम् वीरगन्ज महानगरपालिकाको उम्मेदवार अजय कुमार द्विवेदीले जनताको लागि जेलनेल भोगेकालाई भोट दिने की रकमको भरमा टिकट पाएका उम्मेदवारलाई भोट दिने निर्णय गर्ने बेला आएको वहाँले बताउनु भएको छ ।

उहाँले अब निष्ठाको राजनीति कि पैसाको राजनीति हुने वारे जनताले सोचेर भोट गर्ने समय आएकाले महानगरपालिकाको उम्मेदवारको विगत वर्तमानको मुल्याँकन गरी मतदान गर्न मतदातालाई अपिल गर्नुभयो । नेपाली काङ्ग्रेस वडा नम्बर ११ ले मङ्गलबार वीरगन्जको मुर्ली चोकमा आयोजना गरेको चुनावि रात्री सभालाई सम्बोधन गर्दै मेयर पदका उम्ेमदवार द्विवेदी नेपालमा भएका परिवर्तनकारी आन्दोलन वा अधिकारको संर्घषमा एक दिन पनि समय नखर्चेका, संर्घषको क्रममा जनताको छोराले यही वीरगन्जमा ज्यानको आहुती दि रहदा ए.सी कोठामा बसी तामासा हेर्नेलाई भोट दिने की , जनताको अधिकारका लागि दशकौ संर्घष गरी जेल भोगेका शान्ति कार्की जस्ता उम्मेदावरलाई भोट दिने यो महत्वपूण निर्णय जनताले गर्ने बेला आएको र वीरगन्जवासिको मतको फैसलाले मुलुकको राजनीतिक दशा तय गर्ने बताउनु भयो ।

उहाँले वीरगन्जमा रकमको भरमा टिकट पाएको उम्मेदवार विजयी भए देशमा जनताकोलागि संर्घष गरी राजनीति गर्ने मान्यताको अन्त्यभई पैसाकै बलमा राजनीति गर्ने अध्यायको सुरुवात हुने दावी गर्नुभयो । मुलुकको विकास र निकास काङ्ग्रेसले नै गर्ने भएकाले वीरगन्जको व्यवस्थित विकास काङ्ग्रेसकै उम्मेदावरले नै गर्ने दावी गर्नुभयो ।

कार्यक्रममा तेस्रो मधेस आन्दोलनाका क्रममा वीरगन्जमा शहादत प्राप्त भएका दीलिप चौरसियाका पिता रामेश्वर चौरसियाले शहिदको रगतलाई विक्री गरी धन आर्जन गर्ने उम्मेदवारबाट सावधान हुन मतदातालाई अपिल गर्नु भएको छ । उहाँले शहिद परिवारको नाममा चन्दा असुली ट्रक खरिद गर्ने नेताको श्रीमती र आन्दोलनमा एक दिन नलागी आन्दोलनको फाइदा उठाउदै रकम कमाउने उम्मेदवारले जनताको विकास गर्नै नसक्ने भएकाले जनताको विकासका र अधिकारकालागि लाग्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै शहिदका पिता चौरसियाले अप्ठयारोमा परेको बेला काङ्ग्रेसले नै निकास दिने भएकाले काङ्ग्रेसकै कर्मठ उम्मेदवारलाई मतदान गरे वीरगन्जको मात्र नभइृ मुलुकै विकास हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *