बाबुराम र करिश्मा ट्रकमा चढेर मत माग्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरहा, २८ भदौ । नयाँ शक्ति नेपालको संयोजक डा.बाबुराम भट्टराई प्रदेश नम्बर २ को चुनावी कार्यक्रममा सहभागी हुन मधेस पुगेका छन् । मंगलबार मधेस झरेका उनी धनुषा हुँदै बुधबार सिरहाका स्थानीय तहमा चुनाव प्रचार प्रसारमा खटिएका छन् ।

नायिका करिश्मा मानन्धरलाई लिएर मधेस झरेका बाबुराम केही दिनसम्म त्यतै रहने नयाँ शक्ति पार्टीले जनाएको छ । बुधबार बिहान बाबुराम र करिश्मा ट्रकमा चढेर मत माग्दै हिँडेका थिए । तराई झरेपछि बाबुरामले सेता कुर्ता सुरुवाल र गम्छा भिर्ने गरेका छन् ।

नयाँ शक्तिले नेपाली जनता दलको चुनाव चिन्ह हँसियामाथि तारा लिएर जनतासँग मत माग्दै आएको छ । यसअघि नयाँ शक्तिले संघीय समाजवादी फोरमको चुनाव चिन्ह मसाल प्रयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *