निर्वाचन आयोगद्वारा कर्मचारी सरुवा स्थगन फिर्ता, एकैपटक २५० कर्मचारी कार्यक्षेत्रमा खटिँदै (विज्ञप्तिसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । सरकारले एक साताअघि सरकारले गरेको कर्मचारी सरुवा स्थगन गरेको निर्वाचन आयोगले अन्ततः स्थगन फुकुवा गरेको छ । २५० कर्मचारीको सरुवा निर्वाचन आचारसंहिता विपरित भएको भन्दै आयोगले सरुवा स्थगन गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा आयोगले स्थगन फिर्ता लिएको हो ।

सामान्य प्रशासनले गरेको अन्तर मन्त्रालय कर्मचारी सरुवा आयोगले रोकेको थियो । सरुवा स्थगन भएपछि सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित कार्यालयहरुलाई सरुवा भएका कर्मचारीलाई अविलम्ब रमाना दिएर कार्यक्षेत्रमा पठाउन पत्रचार गरेको छ ।

कर्मचारी सरुवाका विषयमा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत र मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाबीच विवाद भएको थियो । मन्त्री बस्नेतले कर्मचारी सरुवा गर्नुपर्ने बताएपनि सचिवले निर्वाचन आचारसंहिताले नदिने मन्त्री रमना दिन मानेका थिएनन् । सचिव सापकोटाले आफुले भनेका कर्मचारी सरुवा नगरेको भन्दै आचारसंहिता कारण देखाएर कर्मचारीको सरुवा गर्न अस्विकार गरेका थिए ।

मन्त्री बस्नेतले सचिवसँगको विवाद र सरुवा स्थगनको विषय मन्त्रिपरिषद् बैठकमा लगेका थिए । लगत्तै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग कर्मचारी सरुवामा लचक बनिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री आग्रह पछि आयोगले स्थगन फुकुवा गरेको हो । सरकारले भदौ अन्तिम साता स्थानीय तहमा ३ हजार बढी कर्मचारी सरुवा गर्ने तयारी गरेको छ । प्रदेश नम्बर २ को निर्वाच लगत्तै केही दिनका लागि निर्वाचन आयोगले आचारसंहिता खुकुलो पार्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *