‘जोनि जेन्टलम्यान’ शुक्रबार रिलिज हुँदै, प्रचार प्रसार आक्रामक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । चलचित्र ‘जोनी जेन्टलम्यान’ शुक्रबारबाट देशभर रिलिज हुँदैछ । चलचित्रले रिलिज डेट नजिँदै जाँदा गर्दा आक्रामक प्रचार गरिरहेको छ ।

चलचत्रिको टिम अहिले राजधानी बाहिरका शहरुमा प्रचारका लागि पुगेको छ । पोखराबाट सुरु गरेको प्रचार बुटवल, चितवन, हेटौडा हुँदै काठमाडौँमा आएर टुंगिने बताइएको छ ।

नितिन चन्द निर्देशित एक्सन लभस्टोरी सिनेमालाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरी लगायतको अभिनय छ ।

रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको सिनेमामा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा/संवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *