खन्ने काम रोकिएन : मेलम्चीपछि प्राधिकरणले खन्दैछ सडक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही बर्ष निरन्तरता पाउने भएको छ ।

ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच गरेर सुक्न नपाउँदै खानेपानीको पाइप बिच्छ्याउन त्यही पिच खन्ने परम्पराको लामो शृंखला अझै रोकिएको छैन ।

अब नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार जमिनमुनि बिच्छ्याउनका लागि राजधानीमा बाँकी रहेका पक्की सडक खन्ने योजना बढाएको खबर आजको नेपाल समाचारपत्रमा छ । प्राधिकरणले तारलाई भूमिगत गर्ने क्रम शुरु गर्ने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *