च्याम्पियन्स लिग: म्यानचेस्टर सिटीको रवाफिलो जित, लिभरपुल बराबरीम रोकियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले रवाफिलो जित निकालेको छ । समूह ‘एफ’ मा रहेको सिटीले डच क्लब फाइनोर्डलाई ४–० ले हराउँदै रवाफिलो जित दर्ता गरेको हो ।

अवे मैदानमा भएको खेलमा स्टोनले दोस्रो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । १० औं मिनेटमा अग्युरोले अग्रता दोब्बर पारे । २५ औं मिनेटमा जेसुसले गोल गरेपछि पहिलो हाफमा सिटीले ३–० को अग्रता लियो ।

६३ औं मिनेटमा स्टोनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–० को जित निकाल्यो । सिटी जितपछि तीन अंकसहित समूहको शीर्ष स्थानमा छ ।

बुधबार राति नै भएको समुह ‘इ’ को खेलमा भने लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग बराबरीमा रोकिएको छ । लिभरपुल र सेभिल्लाले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन । लिभरपुलका लागि रोबर्टो फिरमिनो र मोहम्मद सालहले गोल गरे ।

सेभिल्लाका लागि विसाम वेन यद्धर र योआकिन कारेयाले गोल गरे । खेलको इन्जुरी समयमा जो गोमेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *