रोनाल्डोले दुई गोल गर्दा रियल मड्रिडको सहज जित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा साबिक विजेता रियल मड्रिड सहज जित निकालेको छ । समूह ‘एच’ मा रहेको रियल मड्रिडले साइप्रसको क्लब अपोल निकोसियामाथि ३–० को जित दर्ता गरेको हो ।

१२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । पहिले हाफमा १–० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफको सुरुमा नै पेनाल्टीको अवसर पायो ।

५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे । ६१ औं मिनेटम रामोसले गोल गरेपछि रियल मड्रिडले ३–० ले विजयी भयो ।

समूह ‘एच’ कै अर्को खेलमा इंग्लिस क्लब टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिनले एक गोल गरे । बोरुसियाका लागि एण्ड्री यार्मोलेन्कोले एक गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *