शाहरुख खानलाई पछार्ने तयारीमा अजय देवगन, सफल होलान त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । बलिउडका बादशाह शाहरुख खानलाई पछिल्लो समय पछि पार्ने अनेक खेल भइरहेका छन् । उनका पछिल्ला चलचित्रले पनि खासै धमका मच्चाउन सकिरहेका छैनन् । उनको पछिल्लो चलचित्र ‘जब हेरी मेट सेजल’ फ्लप भयो ।

शाहरुख असफल भइरहँदा अजय देवगन पछिल्लो समयमा फेरि चम्किएका छन् । उनको ‘बादशाहो’ले पनि धमाका मच्चाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । २०१७ मा वर्ष शाहरुखका दुई फिल्म बक्स अफिसमा आए ।

‘रईस’ले बक्स अफिसमा १३७ करोड कमाई गरेको थियो भने । तर ‘जब हेरी मेट सेजल’ले बक्स अफिसमा नराम्रो छाप छोडेको छ । यही अवस्थामा अजय देवगन ‘बादशाहो’ले सय करोड क्लबमा आउने पक्का जस्तै भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अजय देवगनले बक्स अफिसमा शाहरुख खानलाई पछार्ने निश्चित जस्तै छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *