कमला भट्टराईको मृत्युपछि आज ओम अस्पताल घेराउ गरिँदै, ओपीडी सेवा बन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । नाकको अप्रेसन गर्दा मृत्युवरण गर्न पुगेकी कमला भट्टराईको परिवारलाई क्षतिपूर्ति र चिकित्सकमाथि कारबाही गर्नुपर्ने मागसहित आज ओम अस्पताल घेराउ गरिने भएको छ ।

गुल्मीबाट काठमाडौं आई विभिन्न पेसा व्यवसाय गरेर बसोबास गर्नेहरूले आज दिउँसो ओम अस्पताल घेराउ गर्न जान लागेका हुन् । गत शनिबार भर्ना भएकी रुपन्देही बुटवलकी ४० वर्षीया कमला भट्टराईको अप्रेसनका क्रममा बुधबार चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित भएका हुन् ।

नाकको कुरकुरै हाड सोझ्याउन अस्पातल भर्ना भएकी भट्टराईको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । उनको अपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा.राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए ।

ओम अस्पतालले अर्को सूचना नभएसम्म ओपीडी सेवा बन्द हुने जनाएको छ । आज दिउँसो २ बजे पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *