भारतको बार्षिक बजेट भन्दा हिन्दु मन्दिरहरुको आम्दानी बढी, पशुपतिनाथको आम्दानी कति ? (सूचीसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । नेपाल र भारत हिन्दु बाहुल्य देश हुन् । यी दुई देशमा असंख्य मन्दिरहरु रहेका छन् । हिन्दु देवी देवताका मन्दिरमा हिन्दु धर्मावलाम्बीहरुको घुईचो लाग्ने गर्छ । अघात भक्ति भावका कारण हिन्दु धर्मावलम्बीहरु तीर्थ गर्न टाढा टाढा रहेको कहलिएका मन्दिरहरुमा जाने गर्छन । मनोकामाना पुरा हुने विश्वासका साथ उनीहरुले मन्दिरमा भेटी घाटी र दान गर्ने गर्छन ।

जसका कारण हिन्दु मन्दिरहरुको आम्दानी राम्रो हुन्छ । ती मन्दिरहरुले मासिक करोडौं आम्दानी गर्ने गरेका छन् । भारतको कुरा गर्ने हो भने त्यहाँका मन्दिरहरुले बर्षमा करोडौं डलर आम्दानी गर्ने छन् । ती मन्दिरहरुको बार्षिक कुल आम्दानी हिसाब गर्ने हो भने भारतको बार्षि बजेटको तुलनामा कयौं गुणा बढी हुन्छ ।

एक अध्ययनका अनुसार भारतका सबै साना ठूला मन्दिरले बार्षिक २८० लाख करोड आम्दानी गर्छन् । तर सिंगो भारतको बार्षिक बजेट १५ लाख करोड मात्रै छ ।

केही समय अघि भारतका हिन्दु मन्दिरहरुको मासिक आम्दानी सार्वजनिक भएको छ । हेर्नुहोस् भारतका हिन्दु मन्दिरहरुको मासिक आम्दानी (भारुमा):

१. तिरुपति बालाजी मन्दिरः १३२५ करोड

तिरुपति बालाजी मन्दिर भारतको आन्द्र प्रदेश स्थित तिरुमाला पहाडमा छ । यो मन्दिर भारतको सबैभन्दा धनि मन्दिर मध्येको एक हो । यसको मासिक आम्दानी १३२५ करोड छ ।

२. बैष्णोदेवी मन्दिरः ४०० करोड


बैष्णोदेवी मन्दिर भारतको अर्को धनी मन्दिर हो । यो मन्दिर जम्बु कश्मिर स्थित बैष्णो देवी पहाडमा छ । यसको मासिक आम्दानी ४०० करोड रहेको छ ।

३. रामकृष्ण मिसनः २०० करोड

रामकृष्ण मिसन भारतको रायपुरमा पर्छ । यो एक आश्रम हो । आश्रममा रामकृष्णाको मूर्ती छ । यो आश्रमको मासिक आम्दानी २०० करोड छ ।

४. जगनाथपुरी मन्दिरः १६० करोड

यो मन्दिर भारतको उडिसा स्थित पुरी शहरमा छ । यसको मासिक आम्दानी १६० करोड बढी रहेको छ ।

५. शिर्डि साइबाबाः १०० करोड

भारतको धनी मन्दिरमा पर्ने अर्को मन्दिर हो शिर्डि साइबाबा । यसको मासिक आम्दानी १०० करोड छ ।

६. द्वारिकाधीश मन्दिरः ५० करोड

यो मन्दिर भारतको उत्तर प्रदेश स्थित मथुरानगरमा छ । यो मन्दिरको मासिक आम्दानी २७ करोड बढी छ ।

७. सिद्धी विनायक मन्दिरः २७ करोड

यो मन्दिर मुम्बईमा छ । यो मन्दिरको मासिक आम्दानी २७ करोड छ ।

८. वैद्यनाथ मन्दिरः ४० करोड

यो मन्दिर भारतको झारखण्ड राज्यको देवघर जिल्लामा रहेको छ । यसको मासिक आम्दानी ४० करोड छ ।

९. अम्बाजी मन्दिरः ४० करोड

अम्बाजी मन्दिर भारतको गुजरातमा छ । यो मन्दिरको मासिक आम्दानी ४० करोड रहेको छ ।

१०. त्रैयम्बकेश्वर मन्दिरः ३५ करोड

यो मन्दिर महाराष्ट्र स्थित नासिक जिल्लामा छ । यसको आम्दानी मासिक ३५ करोड रहेको छ ।

११. अयोध्या मन्दिरः १४० करोड


यो मन्दिर भारतको उत्तर प्रदेशमा छ । यसको मासिक आमदनी १४० करोड छ ।

१२. कालिमाता मन्दिरः २५० करोड

यो मन्दिर कोलकत्तामा छ । यसको मासिक आम्दानी २५० करोड भन्दा बढी छ ।

१३. सालासर बालजी मन्दिरः ३००

यो मन्दिर भारतको राजस्थान स्थित चरु जिल्लामा छ । यसको मासिक आम्दानी ३०० करोड रहेको छ ।

पशुपतिनाथ मन्दिरको आम्दानी कति ?

नेपालको पशुपतिनाथ मन्दिरको आम्दानी सार्वजनिक गर्ने प्रचलन छैन । यद्यपी पशुपति नाथ नेपालको सबेभन्दा धनी मन्दिर हो । यो मन्दिर २६४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पशुपतिनाथको ९तिलगंगा आँखा अस्पताल भएको) पाँच रोपनी, (त्रिभुवन विमानस्थल, पार्किङ र गल्फकोर्ट) एक हजार एक सय ६७ रोपनी, रौतहट र सर्लाही– १ हजार १ सय बिघा, गोठाटार– ५ सय ३५ रोपनी, भण्डारखाल आसपास र मृगस्थली– १ सय ५१ रोपनी गरी ४ हजार ६ सय रोपनी भन्दा बढी जग्गा छ ।

साथै यहाँ बर्षेनी लाखौं भक्तजन दर्शन गर्न आउँछन् । यस्तै बाह्य पर्यटकको आकर्षणको केन्द्र पनि पशुपतिनाथ हो । पशुपतिनाथले बार्षिक अरबौं आम्दानी गर्ने बताइएपनि यकिन विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । पशुपतिमा भारतीय नागरिक मुल भट्ट भएकै कारण मन्दिरको यथेष्ठ आम्दानी सार्वजनिक हुन नसकेको बताइदै आएको छ । (एेजेन्सीकाे सहयाेगमा)

One thought on “भारतको बार्षिक बजेट भन्दा हिन्दु मन्दिरहरुको आम्दानी बढी, पशुपतिनाथको आम्दानी कति ? (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *