एसीसी एसिया कप क्रिकेट छनौट : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट छनौटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

छनौट खेलमा लगातार तेस्रो जित हात परेको नेपालले बिहीबार सिंगापुरलाई ७ विकेटले पराजित गरेको हो । यसअघि थाइल्याण्ड र भुटानलाई नेपालले हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा बिहीबार बिहान सिंगापुरलाई ७ विकेटले हराउँदै समूह विजेता बनेको नेपालले अब सेमिफाइनलमा अर्को समूहको उपविजेताको सामना गर्नेछ । सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १४ औं ओभरमा ३ विकेट गुमाएर भट्टाएको थियो ।

नेपालका लागि सन्दिप सुनारले २० रन तथा अनिल कुमार साहले १८ रन जोडे । यसअघि पहिले व्याटिङ गरेको सिंगापुरले ६७ रन जोड्दै २९ औं ओभरमा अलआउट भयो ।

सिंगापुरका लागि आर्यमान सुनिल र सिद्धान्तले २०÷२० रन बनाए । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन शर्राफले ६ विकेट लिए ।यसैगरी किशोर महतोेले २ विकेट झार्दा कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले १÷१ विकेट लिए ।

८ राष्ट्र सहभागी एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट छनौट हुने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा खेल्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *