छक्का पञ्जा–२को बोल्ड सिन नायिका बर्षालाई मन परेन, दीपा भन्छिन्– चलचित्र हिट भएरै छाड्छ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । आउँदो असोज ११ गते दशैंको फूलपातीबाट प्रदर्शनमा आउने भएपछि चलचित्र ‘छक्का पञ्जा–२ को टिम प्रचार प्रसारमा व्यस्त छ । चलचित्रकाबारेमा जानकारी दिने क्रममा निर्देशक दीपाश्री निरौला र नायिका बर्षा राउतले सुटिङ गर्दाका क्षण र आफूलाई कथा अनुसार उतार्न गर्नुपरेका अवस्था तथा आफ्नो व्यक्तिगत कुरा समेत मिडिया एनपीलाई बताएका छन् ।

कहिल्यै चुरोट नखाने नायिका बर्षा राउतले छक्का पञ्जा २ को लागि दुई महिना नियमित चुरोट खाइन् । उनी भन्छिन्, ‘घरमा पनि मैले चुरोट खान थाले भन्थेँ, तर धन्न चुरोटको लत बसेन ।’ चलचित्रमा कलाकार गौरब पहारी भएको ट्रेलर हेरेपछि मात्र आफूले थाहा भएको नायिका बर्षाको भनाइ छ । यता निर्देशक दीपा भने आफ्नो बाल्यकाल तर्फ फर्किन् । दशैँमा पिङ खेल्ने, नयाँ कपडा ल्याएपछि सबैसाथीलाई देखाउँदै हिँडेको सम्झेकी दीपाले दसैँमा टीका लगाइदिएर मामाले ५ रुपैयाँ दिँदा रिसले ‘तेरो टीका तैँ लगा’ भनेर फ्याकेको स्मरण गरिन् ।

तर, यसलाई उनी बालपन र रमाइलो क्षणका रुपमा लिन रुचाउँछिन् । छक्का पञ्जा–२ को ट्रेलर रिलिजसँगै बर्षाको बोल्ड सिनले चर्चा पाइरहँदा स्वयम नायिका बर्षालाई भने मन परेको रहनेछ । उनी भन्छिन्, ‘त्यो सट मन परेन, धेरै मोटो देखिएको छ, सुहाएको छैन, त्यसैले अब दुब्लाउन डायटिङ गरिरहेको छु ।’ निर्देशक दीपा धार्मिक भएको बर्षा बताउँछिन् ।

सुटिङका क्रममा पनि दीपाले भजन गाउने गरेको उनले बताइन् । बर्षा भन्छिन्, ‘दीपाश्री आफँै पनि धर्ममा धेरै आस्था राख्ने भएकोले, सुटिङमै भजन गाउनु हुन्छ, उहाँले भजन गाउने हुनाले हामी प्राय कलाकारहरु भजन गाउने भएका छौं।’ आफूले मनैदेखि चलचित्र बनाउने हुनाले नै अहिलेसम्म सफल भएको र चलचित्र ‘छक्का पन्जा–२’ पनि सफल हुनेमा निर्देशक दीपाश्री निरौला ढुक्क छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *