कृषि मेलामा सोलार पम्पदेखि खोस्टाका सुकुलसम्म (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । काठमाडौंको कमलादीपस्थित प्रज्ञा भवनमा एग्रो ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रदर्शनी भइरहेको छ । बिहीबारदेखि सुरु भएको यो प्रदर्शनी शनिबारसम्म चल्नेछ ।

हाउस अफ राजकर्णीकारको आयोजनामा भइरहेको उक्त प्रदर्शनीमा कृषि औजार, कृषिजन्य उत्पादन बस्तु, बिऊ बिजन तथा यस क्षेत्रमा भएका लगानीकाबारेमा जानकारी दिन विभिन्न स्टलहरु राखिएका छन् ।

सोलारबाट पानी तान्ने पम्प (सनफ्लावर पम्प), खोलाबाट पानी तान्ने मेसिनसहित अर्गानिक मह, चिया, दूधजन्य पदार्थ राखिएको सो प्रदर्शनीमा खास्टाबाट बनाइएका सुकुल पनि रहेका छन् ।साथै घरको कौसीमा कसरी तरकारी लगाउन सकिन्छ भनेर पनि जानकारीमूलक स्टल रहेको छ ।

साथै श्रम विभागको पनि एउटा स्टल राखिएको छ । जसबाट बेरोजागरलाई कामको खोजी र रोजगारदातालाई श्रमिकको खोजीको समन्वय भूमिका निर्वाह गरिनेछ । त्यहाँ उपलब्ध फारम भरेर रोजगारी र श्रमिकको खोजी गर्न सकिन्छ ।

फोटो/भिडियो : दीनेश बोहरा/मिडिया एनपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *