माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते, १५ को अवस्था गम्भीर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दैलेख, २९ भदौ । दैलेखको सियाकोटमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जसमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको सुर्खेतको देउती नर्सिङ होम र क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ ।

सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ४२२२ नम्बरको दैलेखको गुराँस गाउँपालिकाको–४ सियाकोटमा बिहीबार दिउँसो दुर्घटना भएको हो । सो दुर्घटनाको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *