भ्रष्टाचारी भन्दै मालपोत प्रमुखलाई कालोमोसो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नवलपरासी, २९ भदौ । अज्ञात समूहले मालपोत कार्यालय कावासोतीका प्रमुखलाई कालोमोसो दलेका छन् । बिहीबार कार्यालय समयमा कार्यकक्षमा प्रवेश गरेर ३ जनाको समूहले भष्टाचारी भन्दै मालपोत प्रमुखलाई कालोमोसो दलेका प्रहरीले जनाएको छ । मालपोत प्रमुखमाथि दुर्व्यवहार गरेको सो समूहको खोजी भइरहेको छ ।

प्रमुखको कार्यकक्षमा जिल्ला जनपरिषद (जनसत्ता) नवलपरासी लेखिएको पर्चा भेटिएको छ । सो पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको, तीस लाखभन्दा बढी थैली घटाएर पुँजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालबाट लाखौं रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *