एक वर्षको कुलमानको उपलब्धी के-के हुन् ? २ वर्षभित्र विद्युतमा आत्मनिर्भर बन्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । कुलमान घिसिङ नेपाल विद्युत प्रधाधिकरणको कार्यकारी निर्देशक भएको एक वर्ष पूरा भएको छ । कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै काठमाडौं उपत्यकालगायत स्थानलाई ‘लोडसेडिङ मुक्त’ गराएर वाही वाही कमाएका घिसिङले अबको दुई वर्षमा मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउने बताएका छन् । यद्यपी आउँदो हिउँदमा पनि लोडसेडिङ नहुने उनले स्पष्ट पारे ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले अबको एक वर्षभित्र नेपालले विद्युत आयात गर्नुपर्ने अवस्थाबाट मुक्ति पाउने दाबी गरे । उनकाअनुसार एक वर्षमा तामाकोसीको उत्पादन शुरु हुने र नीजि क्षेत्रबाट डेढ सय मेगावाट विद्युत थपिने भएकोले विद्युत आयात गर्नुपर्दैन ।

साथै उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि अहिलेदेखि नै विभिन्न ठाँउमा विद्युतीय चार्जिङ स्टेशन बनाउने जानकारी दिए ।

कार्यकारी निर्देशकको ‘हट चियर’ मा बस्दा रहेका अनेकौँ समस्या र चुनौतीलाई टिमले सामना र पन्छाउँदै ऊर्जा क्षेत्रमा सुधार भएको उनको भनाइ छ ।

प्रधानमन्त्री, ऊर्जा मन्त्री, ऊर्जा सचिव, कर्मचारी लगायत सम्पूर्ण राजनीतिक तथा प्रशासनिक नेतृत्वबाट पाएको सहयोग र आत्मबलमा नै प्राधिकरणले महत्वपूर्ण उपलब्धी हासिल गरेको कुलमानले बताए ।

कुलमानका उपलब्धी के के हुन् ? हेरौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *