चुनौतीको सामना गर्दै ठमेल विश्वकै नमुना सहर बन्दै (भिडियो)

  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौं, ६ कात्तिक । काठमाडौँ महानगरपालिकाको चारवटा वडाको भू–भाग रहेको ठमेल क्षेत्र यतिखेर विश्वकै नमुना सहर बन्ने तयारीमा छ । महानगरपालिकाको १६, १७, २६ र २८ वडा पर्ने ठमेललाई विश्वकै नमुना शहर बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद् लागि परेका हुन् ।

सुन्दर, शान्त र स्वच्छ ठमेल निर्माणका लागि पानीको ट्यांकर, एम्बुलेन्स, दमकल, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई आइतबारदेखि प्रवेशमा कडाइ गरिएको छ ।

महाशाखाकाअनुसार आइतबारदेखि ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने छन् भने ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने तथा ठाउँठाउँमा ट्राफिक संकेत राख्ने काम भइरहेको छ ।

ठमेल क्षेत्रका केही व्यापार व्यवसाय गरेका तथा स्थानीयले भने बिना तयारी सुरु गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । पर्याप्त र सहजरुपमा पार्किङ व्यवस्था बिना नै सवारी प्रवेशमा रोक लगाएको उनीहरुको आरोप छ ।

तर, अधिकांस व्यापारी र व्यवसायीहरु भने ठमेल क्षेत्रलाई नमुना शहर बनाउने योजनाको स्वागत गर्छन् । राम्रो कामको थालनीलाई स्वागत गर्दै सहयोग गर्नुपर्ने र आवश्यकताअनुसार सुधार गर्दै जानुपर्ने सुझाव उनीहरुको छ ।

केही व्यापारीहरुले विशेषगरी सवारी साधनाको पार्किङको सुविधाप्रति चासो राखेको देखिन्छ । यसैलाई मध्यनजर गर्दै लैनचौर, सोह्रखुट्टे, खुशीबुँलगायतका क्षेत्रमा पार्किङ व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । साथै केही दिनभित्रै ठमेलभित्र जानका लागि अत्यावश्यक सवारी साधनलाई पासको व्यवस्था गरिने महाशाखाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *