बालकृष्ण ढुंगेल पक्राउले आईजीपी परिवर्तनको कसरत रोकियो, चन्द फेरि पनि हेरेको हेर्‍यै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १५ कात्तिक । ओखलढुंगाका उज्ज्वन श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट सजाय सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ परी कारागार चलान गरेपछि नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल अहिले चर्चामा छन् ।

आठ वर्षदेखि राज्यका आँखा अगाडि ‘फरार’ रहेका ढुंगेल मंगलबार बिहान समातिएपछि धेरैले आईजीपी परिवर्तनको खेल हाललाई रोकिन पुगेको विश्लेषण गरेका छन् । एक महिनाअघिदेखि अचानक आईजीपी प्रकाश अर्याललाई राजीनामा दिन लगाएर डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने समाचार प्रवाह भएका थिए । गृह मन्त्रालयसमेत आफैंसँग रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले आईजीपी परिवर्तन गर्न सक्ने अनुमान धेरै गरेका थिए । तर, त्यस्तो भएन ।

गृह मन्त्रालय आफैंसँग रहेका बेला प्रधानमन्त्री देउवाको निर्देशनमा उज्ज्वन श्रेष्ठ हत्या अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परे । ढुंगेल माओवादी नेता हुन् । यो घटनाले नेपाल प्रहरीको गरिमा र प्रतिष्ठा बढेको छ । आईजीपी अर्यालसमेत कारबाहीको भागीदार हुनबाट बचेका छन् । फरार अभियुक्त ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै सर्वोच्चले उनलाई अदालतको मानहानिमा कारबाही गर्ने चेतावनी दिएको एक साताभित्रै प्रहरीले समातेपछि अर्यालले आगामी चैतसम्म आफ्नो कुर्सी जोगाएको विश्लेषण सुरु भएको छ ।

डीआईजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको विवादमा फुत्त आईजीपी बन्न सफल अर्यालले भदौ मसान्तसम्म मात्रै आफू आईजीपी बस्ने, त्यसपछि जयबहादुर चन्दलाई बाटो छाडिदिने ‘भद्र सहमति’ गरेको नेपाल प्रहरीभित्रै चर्चा छ । तर, अर्यालले राजीनामा दिन त्यति इच्छा देखाएनन् । त्यसपछि प्रधानमन्त्री देउवाले समेत अर्याललाई राजीनामा दिन सुझाएको बताइन्छ ।

ढुंगेल पक्राउ गरेपछि अर्याललाई राजीनामा देऊ भन्ने नैतिक सामथ्र्य प्रधानमन्त्रीमा नभएकाले पनि चन्द फेरि आईजीपी बन्ने बाटो बन्द भएको छ । प्रदेश र प्रतिनिधिसभा चुनावको मुखैमा आईजीपी परिवर्तन गर्दा सरकारको आलोचना हुने भएकाले त्यो सम्भावना करिब करिब समाप्त भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *