राप्रपाको गणतन्त्रमा राजतन्त्र अटाउने घोषणापत्र (पूर्णपाठ)

  •  
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधी सभा प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरको छ । मंगलबार बिहान सार्वजनिक गरिएको घोषणापत्रमा गणतन्त्रमा सबैले स्विकार गर्ने राजसंस्था आवश्यक भएको उल्लेख छ । उसले ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा समेटेको हो ।

‘राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको छ,’ घोषणापत्रमा लेखिएको छ। राप्रपाले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुर्स्थापना गर्ने एजेण्डलाई प्राथमिकता दिएको छ।

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले राष्ट्रियता, प्रजातन्त्रको रक्षा र जनताको एकतालाई सुरक्षित गर्न कांग्रेससँग चुनावमा तालमेल गरेको बताएका छन् । उनले झापाबाहेक अन्य सबै जिल्लामा कांग्रेससँग चुनावी तालमेल गरिएको स्पष्ट पार्दै झापामा मैत्रीपूर्ण सहकार्य हुने बताए ।

हेर्नुहोस् पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *