थपिए १४ लाख मतदाता : स्थानीय तहको निर्वाचन परिणाम फेल खाने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ कात्तिक । गएको वैशाख, जेठ र असोजमा तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचन परिणामबाट एमाले, कांग्रेस र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो दलको रुपमा आएका छन् । तर, आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दलीय हैसियतमा परिवर्तन हुने अनुमान गरिएको छ ।

स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता रहेकामा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ लाख ७० हजार २४९ मतादाता थपिएका छन् । जस कारण स्थानीय तह निर्वाचनको परिणामलाई फेल खुवाउने राजनीतिक विश्लेषकको अनुमान छ ।

थपिएका मतदाताले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चर्चा र आकर्षण बढेका जिल्ला र क्षेत्रमा निकै प्रभाव पार्ने देखिन्छ । शीर्ष नेताहरुको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको जिल्ला र क्षेत्रमै बढी मतदाता थपिएका छन् । सबैभन्दा बढी मोरङमा ८० हजार ९१५ हजार मतदाता थपिएका छन् ।

यसैगरी, झापामा ७५ हजार १२, सुनसरीमा ५३ हजार १४१, दाङमा ४७ हजार ७६४, काठमाडौँमा ४४ हजार २२०, काभ्रेमा ४१ हजार ४३८ मतदाता थपिएका छन्।

कहाँ कति थपिए मतदाता ? हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *