सबिन र दीक्षाको नृत्य भिडियो ‘भाईरल भैदियो’ ट्रेन्डिङमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ कात्तिक । गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ’भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको दोस्रो दिनमै युट्युबको ट्रेन्डिङमा आएको छ ।

गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ बर्षिया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ ।

स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ’बिस्ट’ले तयार पारेका छन् । सबिनको लोभलाग्दो नृत्यसँगै उनी आफैँले निर्देशन तथा सम्पादन समेत गरेका छन् ।

प्रयोग गर्न रुचाउने सबिनले यस भिडियोमा पनि कथा तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । यस गीतका एरेन्जर उदय राज पौडेल हुन् । धादिङकी आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसँगै अभिनय सुुरु गरेकी हुन् । उनले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *