युरोपियन युनियन र पूर्वराजपरिवारले बेहोर्दैछ रवीन्द्र मिश्रको चुनावी खर्च !

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

काठमाडौं, २६ कात्तिक । विवेकशील साझा पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेका रवीन्द्र मिश्रको चर्चा अहिले शिखरमा छ । व्यवस्थित र हाइटेक चुनावी प्रचारका कारण मिश्रले कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई अप्ठेरो पारिरहेको भन्ने चर्चाबीच यतिखेर एउटा गम्भीर बहस सुरु भएको छ ।

विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रेको छ । उसले प्रदेह र प्रतिनिधिसभा निर्वाचनमा एक सय ४८ उम्मेदवार उठाएको छ । तर, ती सबैभन्दा बढी चर्चा मिश्रले नै पाएका छन् । विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उठेका छन्, तर उनको चर्चा शून्यप्रायः छ ।

मिश्रको मात्रै धेरै चर्चा हुनुले विभिन्न अनुमान गर्न थालिएको छ । कतिसम्म प्रत्येक सिनेमा हलमा फिल्म चल्नुअघि रवीन्द्र मिश्रलाई जिताऔं भन्ने विज्ञापन बज्ने गरेको छ । यसरी करोडौं रुपैयाँको विज्ञापन र चुनावी खर्च मिश्रलाई त्यत्तिकै उपलब्ध भएको हो त ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेर राजनीतिमा प्रवेश गरेका मिश्र किन आए भन्ने विषयले यतिबेला चर्चा पाउन थालेको छ । जागिरबाट बिदा भएपछि मिश्रले दर्ता गरेको साझा पार्टीलाई विवेकशील नेपाली दलसँग समाहित गराएर राष्ट्रिय पार्टी बनाउन उनी प्रत्यक्षमा चुनाव लडिरहेका छन् ।

गत ११ साउनमा पार्टी एकीकरण गराउन सफल मिश्र सुरुमा युरोपियन युनियन र पूर्वराजपरिवारबाट परिचालित भएको चर्चा सुरु भएको छ । नेपालका मुख्य पार्टीमा चलखेल गर्न र सूचना दिने काम मिश्रले नै गरिरहेको उनीमाथि आरोप लाग्न थालेको छ ।

स्थानीय तहको निर्वाचनमा सम्मानजनक मत पाएका साझा पार्टीका मिश्र एमाले माओवादी गठबन्धनका उम्मेदवारभन्दा बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । तर, मिश्र परिवार र कांग्रेससँगको सम्बन्ध राणाकालदेखि अहिलेसम्म विपरीत धु्रवमा मात्रै केन्द्रित भएको छ । तराईबाट काठमाडाैं बसाइ आएको मिश्रको परिवार २००७ सालको जहानियाँ राणा शासनविरुद्धको कांग्रेसको लडाइँ निस्तेज पार्ने पात्रमध्येको एक थियो ।

मिश्र परिवारबाट केही राम्रै लेखक बने, तर पञ्चायतको अवशान भएपछि पनि मिश्र परिवारले राजा छाडेर तत्कालीन पञ्चहरू सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, मरिचमान श्रेष्ठ र लोकेन्द्रबहादुर चन्दलाई समेत साथ दिएन । २०२२ पछि राजा र राजपरिवारले सबैभन्दा बढी विश्वास गरेको गुप्तचर प्रतिनिधि मिश्रको परिवार रहेको कांग्रेस नेताहरू बताउँछन् । नेपालको अहिलेसम्मकै इतिहासमा राजाप्रति वफादार र कांग्रेसका लागि खतरनाक गुप्तचर थिए मनुजबाबु मिश्र । उनै मनुजबाबु मिश्रमा छोरा हुन् रवीन्द्र मिश्र ।

मिश्रले युरोपियन युनियन र विघटित राजसंस्थाबाट आएको पैसाले राजनीति गरिरहेका छन् भन्दा पनि उनलाई कुनै अभीष्टका लागि राजनीतिमा ल्याइएको चर्चा राजनीतिक र कूटनीतिक तहमा चलिरहेको छ । ‘विदेशी दातृनिकायबाट परिचालित व्यक्तिलाई जिताउने कि देशमै राजनीति गरिरहेका पार्टीका उम्मेदवारलाई जिताउने भन्ने निर्णय गर्ने बेला आएको छ,’ काठमाडौं १ एक कांग्रेस नेताले भने, ‘विदेशी हस्तक्षेप लाद्न विभिन्न शक्तिकेन्द्र सशक्त भएर लागेका छन्, मतदाताले विवेक पुर्‍याउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *