२४ घण्टा सेक्यूरिटी, क्यामेरा, र पनि चोरको शिकार भए यी स्टार (सूचीसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ कात्तिक । जिन्दगीमा सबै जसो कुनै न कुनै बेला चोरको शिकार भएकै हुन्छन् । फोन, पैसा, मूल्यवान चिज चोरी हुने गरेका छन् । आम मानिस जस्तै बलिउड स्टार पनि चोरको शिकार भएका छन् । सेक्यूरिटी, क्यामेरा हुँदा पनि यी स्टारको घरमा चोरी भएको थियो । को–को बलिउड स्टार चोरको शिकार भए त ? हेर्नुहोस् सूचीः

१. सैफ अली खान

सैफ अली खान पनि चोरको शिकार भएका छन् । चोरी गर्ने व्यक्ति उनकै नोकर रहेको बताइएको छ । नोकरले २०१४ मा उनको प्रोडक्शन हाउसबाट ११ एसी चोरी गरेका थिए । उनी पक्राउ पर्न सकेनन् ।

२. अमिताभ बच्चन

२४ घण्टा गार्ड र पुलिस फोर्सको सुरक्षा घेरामा रहने अमिताभ पनि चोरीको शिकार भएका छन् । अमिताभको घरबाट गार्डले दीपक केवट नामका एक चोरलाई पक्राउ गरे । ती चोरले अमिताभको घरबाट ८ हजार रुपैयाँ चोरेर भागेका थिए । पक्राउ परेका ती चोरलाई पुलिसमा बुझाइयो । पुलिसले उनलाई १४ दिनसम्म हिरासतमा राखेको थियो ।

३. कैटरिना कैफ

‘सिंह इज किङ’ को सुटिङपछि अस्ट्रलिया फर्किँदा कैटरिनाको व्याग एयरपोर्टबाटै गायब भयो । त्यो व्याग ७२ लाख पर्ने कपडाले भरिएको थियो । ती कपडा सुटिङका लागि बनाइएको थियो ।

४. सोनम कपूर

करिब २ बर्ष अघि सोनमको घरबाट कसैले उनको मूल्यवान वस्तु चोरेको थियो । एक पार्टीबाट घर फर्के लगत्तै उनको हिराको नेकलेस चोरी भएको थियो । त्यसको मूल्य करिब ५ लाख रुपैंया थियो । त्यो नेकलेस कसले चोर्यो आजसम्म पत्ता लाग्न सकेको छैन ।

५. काजोल–अजय देवगन

अजय र काजोलको घरमा गायत्री देबेन्द्र नामकी नोकरले चोरी गरिन् । उनले साथी सन्तोष पाण्डेसँग मिलेर ५ लाख पर्ने १७ थान सुनका चुरा चोरिन् । पछि उनलाई पक्राउ गरियो ।

६. शिल्पा शेट्टी

शिल्पा पनि चोरीको शिकार भएकी छिन् । एकपटक कुनै चोरले उनको आइप्याड र महंगो अडियो सिस्टटम चोरेको थियो ।

७. सुष्मिता सेन

२०१२ मा यूरोप ट्रिपको बेला ग्रीसमा चोरले सुष्मिताका समान चारी गर्यो । सुष्मितासँग लगाएका कपडा बाहेक केही पनि बचेन । त्यो समय उनी साथीको सहयोगले भारत फर्किएकी थिइन् ।

८ . मल्लिका शेरावत

केही समय अघि मल्लिका पेरिसमा चोरीको शिकार भएकी थिइन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *