सुन्दै अचम्म लाग्दा बलिउड स्टारका यस्ता डर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ कात्तिक । पर्दामा कलाकारहरु धेरै बोल्ड देखिन्छन् । उनीहरुको कन्फिडेन्स देखेर लाग्छकी उनीहरु कुनै चिज देखि डराउँदैनन् । तर उनीहरु पनि सामान्य मानिस हुन् । उनीहरुलाई पनि डर लाग्छ । कुनै कुनै चिज देखिहरु धेरै डराउँछन् ।

१. विद्या बालन

बिद्या बालन फिल्ममा धेरै बोल्ड देखिन्छिन् । तर उनलाई बिरालो देखि खुबै डर लाग्छ । उनलाई बिरालो फोबिया छ ।

२. कैटरिना कैफ

‘जिन्दगी न मिलेगी दोबारा’ फिल्ममा स्पेनको ‘ला टोमाटीना’ फेस्टिवलमा टमाटर हानाहान गर्ने खेलमा कैटरिना देखिन्छिन् । तर, उनलाई टमाटर फोबिया छ । त्यो फिल्मको सुटिङपछि उनलाई फोबिया झन बढेको छ । उनी टमाटर देखि यती डराउँछिन् की उनले लाखौं डलरको एक ‘टोमेटो चेकअप’ को एक विज्ञापन खेल्न अस्विकार गरिन् ।

३. अनुष्का शर्मा

अनुष्का फिल्म ‘जब तक है जान’ मा बुलेट चलाइरहेको अवस्थामा देखिन्छिन् । तर उनलाई रियल लाइफमा बने बाइक चलाउन खुबै डर लाग्छ ।
४. सोनम कपूर

आफ्नो आइकनिक स्टाइलका कारण अभिनेत्री सोमन कपूर चर्चित छिन् । तर उनलाई लिफ्ट देखि डर लाग्छ । त्यसैले जति तला भएपनि उनी सिढीं बाट नै चढ्ने गर्छिन् ।

५. आलिया भट्ट

बलिउडकी क्यूट अभिनेत्री आलिया भट्टलाई अँध्यारोको फोबिया छ । रातमा उनी सामान्य उज्यालो र ढोका नखोली उनी सुत्न सक्दिनन् ।

६. अजय देवगन


अजय देवगनलाई हातले खाना खान डर लाग्छ । यसै कारण उनी चम्चाले खाना खाने गर्छन् ।

७. अर्जुन कपूर

अर्जून कपूर सिलिङ फ्यानबाट यती धेरै डर लाग्छ की उनको घरमा सिलिङ फ्यान छैन । उनी घर बाहिर पनि पंखा मुनी सुत्न सक्दैनन् ।

८. शाहरुख खान

शाहरुख खान घोडा देखि खुबै डराउँछन् । यही कारण उनी घोडासँगको सिन गर्न अस्विकार गर्छन् ।

९. बिपाशा बासु

बिपशा बासु कहिले–कहिले आफ्नै हाँसो देखि डराउँछिन् ।

१० अभिषेक बच्चन

भनिन्छ् की बलिउड स्टार सँधै जवान देखिनका लागि फलफुल खुबै खाने गर्छन् । तर अभिषेक बच्चनले बाल्यकाल देखि अहिलेसम्म कुनैपनि फलफूल खाएका छैनन् । उनलाई फल फोबिया छ ।

११. सेलिना जेटली

सेलिना पुतली देखेर भाग्ने गर्छिन् । उनलाई पुतली फोबिया छ ।

१२. तनिषा मुर्जी

भिड–भाडमा प्रस्तुती दिन तनिषालाई डर लाग्छ । त्यसैले उनी भिडभाड युक्त कार्यक्रममा प्रस्तुती दिन डराउँछन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *