उत्तरी आयरल्याण्डलाई रोक्दै स्वीटजरल्याण्ड विश्वकपमा

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं, २७ कात्तिक । २०१८ मा रुसमा हुने विश्वकप फुटबलमा स्वीटजरल्याण्ड छनौट भएको छ । ३२ बर्षपछि विश्वकप नजिक पुगेको उत्तरी आयरल्याण्डको सपना तुहाउँदै स्वीटजरल्याण्डले आफ्नो सपना पुरा गरेको हो । प्ले अफ अन्तर्गत दोस्रो लेगमा गोलरहित बराबरीमा सकिएपछि उत्तरी आयरल्याण्डको विश्वकप सपना सकार हुन सकेन ।

गत बिहीबार भएको पहिलो लेगमा एक विवादास्पद पेनाल्टीले स्वीटजरल्याण्ड विजयी भएको थियो ।  पहिलो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा ५८ औँ मिनेटमा पाएको पेनाल्टी नै स्वीटजरल्याण्डलाई विश्वकपमा लागि प्रयाप्त भयो ।

डियरिया भित्र ह्याण्ड बल भएपछि स्वीटजरल्याण्डले पेनाल्टी पाएको थियो । सन् १९८६ पछि उत्तरी आयरल्याण्डले विश्वकप खेल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *