ग्रीसलाई निरास पार्दै क्रोएसिया रुस विश्वकपमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । आगामी बर्ष रुसमा हुने विश्वकप फुटबल खेल्ने ग्रीसको सपना तुहाउँदै क्रोएसियाले स्थान पक्का गरेको छ । विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको प्ले अफको दोस्रो लेगमा ग्रीससँग गोलरहित बराबरी खेल्दै समग्रमा ४ – १ को जितसहित क्रोएसियाले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

ग्रीसको घरेलु मैदानमा आइतबार राति भएको दोस्रो लेगमा दुवै टोलीले गोल गर्न सकेनन । घरेलु मैदानमा ग्रीसले बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । तर, पहिलो लेगमा निकालेको फराकिलो जितले क्रोएसिया विश्वकपमा पुग्न सफल भयो ।

गत बिहीबार भएको प्ले अफको पहिलो लेगमा क्रोएसियाले ग्रीसलाई ४ – १ ले पराजित गरेको हो । त्यही जितको कारण समग्रमा ४ – १ को जितसहित क्रोएसियाले विश्वकपमा स्थान बनाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *