छोरीका बाउ बने क्रिस्टियानो रोनाल्डो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । रियल मड्रिडका पोर्चुगिच स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोकी छोरी जन्मिएकी छन्। रोनाल्डोले ट्वीटमार्फत छोरी जन्मिएको जनाएका छन् । आइतबार उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले छोरीलाई जन्म दिएको रोनाल्डोले जनाएका छन् ।

उनले छोरीको नाम एलना मार्टिना राखेको समेत बताएका छन्। ‘एलना मार्टिना भर्खरै जन्मिइन्। जियो (प्रेमिका) र एलना दुवै ठीक छन्। हामी एकदमै खुसी छौँ,’ रोनाल्डोले ट्वीट गरेका छन्। रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर ७ वर्षको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *