सौगात मल्ललाई किन चाहिएन अर्की ? (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । मंसिर १ गते रिलिज हुने चलचित्र ‘झ्यानाकुटी’ को नयाँ गीत ‘मलाई चाहिँदैन अर्की’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तानको साथमा बालकलाकार एस्टल गुरुङ फिचरीङ भएका छन् । सार्वजनिक गीतमा प्रदीप भारद्वाजको शब्द, विकास चौधरीको संगीत र धर्मेन्द्र सेवानको स्वर रहेको छ ।

गीतलाई धम्पुसकै रमणीय दृश्यमा छायाँकन गरिएको छ भने यसलाई सिमोश र निशाले मिलेर कोरियोग्राफ गरेका छन् । फिल्मलाई निशा आधिकारी र सिमोश सुनुवारले निर्माण गरेका हुन्, भने सिमोशले निर्देशन गरेका छन् ।

गीतमा बेनिशा नहुँदा सौगातले भोगेको पिडालाई कोरियोग्राफीको माध्यमबाट देखाउन खोजिएको छ । श्रीमान र श्रीमतीको कथालाई देखाइएको फिल्ममा सौगात, बेनिशा, सुमी लिड रोलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *