जन्मभूमिप्रति यसरी अन्तरमनको माया पोखे गायक अनिश पाण्डेले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक ।  गायक अनिश पाण्डे बेलायतमा बस्छन् । बेलायतबाट नै संगीत साधनामा उनी समय खर्च गरिरहेका छन् । पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेर आफ्नो देशप्रतिको माया र सद्भावलाई आम नेपाली मनसँग बाँडेका छन् ।

‘मनदेखि मन’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका हुन् ।

गीतमा भानु भट्टराईको शब्द छन् भने गायक स्वयमको संगीत छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *