निर्वाचन क्षेत्र फेर्ने चर्चित नेताहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा शीर्ष नेताहरुले आफ्नो क्षेत्र छाडेर अन्य स्थानबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघि दुई निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने प्रावधानलाई मौजुदा कानुनमा हटेपछि नेताहरु एक क्षेत्रबाट मात्रै चुनावमा उठेका छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिक प्रणालीबाट निर्वाचित भएका वा पराजय व्यहोरेकाहरु यसपटक आ–आफ्नो निर्वाचन क्षेत्र छाडेर अर्कै स्थानबाट प्रत्यक्षका उम्मेदवार बनेका छन् । ति मध्य यी हुन् शीर्ष नेताहरु काठमाडौं र सिराहाबाट निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक चितवन–३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पहिलो संविधानसभामा काठमाडौं–१० र दोस्रो संविधानसभामा सिराहा–५बाट निर्वाचित भएको उनी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तर्फ चितवन–३ बाट उम्मेदवारी दिएका छन् ।

यसैगरी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ मकवानपुर छाडेर गोरखा–२ बाट चुनावी मैदानमा छन् । माओवादी केन्द्रकै कृष्णबहादुर महरा रोल्पा छाडेर दाङ–३, रुकुम छाडेर अनिल शर्मा काठमाडौं–१, रोल्पा छाडेर झक्कु सुवेदी काठमाडौं–२, अर्घाखाँचीकी पम्फा भुसाल ललितपुर–३ र काठमाडौं–५ छाडेर हितमान शाक्य काठमाडौं–१० बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसैगरी एमाले पनि शीर्ष नेताहरु आफ्नो गृहजिल्ला तथा पुरानो निर्वाचन क्षेत्र छाडेर अन्यत्रबाट चुनाव लडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुर–२ मा मतदाता नामावलीमा नाम भएपनि झापा–५ बाट चुनावी मैदानमा उत्रिएका छन् । यस्तै वरिष्ठ नेता रौतहटका हुन् । उनी रौतहटबाटै चुनाव लड्दै आएका थिए । तर, २०७० सालको चुनावमा काठमाडौं र रौतहटबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका नेता नेपाल यसपटक भने काठमाडौं–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेता नेपाल रौतहट छाडेर काठमाडौं–२ बाट चुनावी प्रतिस्पर्धा उत्रिएका छन् ।

साथै एमालेका महासचिव ईश्वर पोखरेल ओखलढुङ्गा छाडेर काठमाडौंबाट चुनाव लड्दै आएका छन् । यसपटक पनि उनले काठमाडौं–५ लाई आफ्नो चुनावी क्षेत्र रोजेका छन् । उनी सोही क्षेत्रबाट दुईपटक पराजित भइसकेका छन् । योगेश भट्टराई काठमाडौं छाडेर ताप्लेजुङ र तेह्रथुम छाडेर भानुभक्त ढकाल मोरङ–३बाट चुनाव लडेका छन् ।

यस्तै, माओवादी केन्द्र र एमालेका नेता जस्तै कांग्रेसका पनि केही नेताले आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्ला छाडेका छन् । भोजपुर छाडेर ज्ञानेन्द्रबहादुर कार्की यसपटक सुनसरी–४बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । नुवाकोटबाट समानुपातिकबाट सांसद् बनेका प्रकाशशरण महत यसपटक भने काठमाडौं–५बाट प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएर प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै यसअघि समानुपातिकबाट सांसद् बनेकी आरजु राणा देउवा डडेलधुरा र काठमाडौं छाडेर यसपटक कैलाली–५बाट र समानुपातिकबाट सांसद् बनेका अर्का नेता मिनेन्द्र रिजाल पनि मोरङ–२बाट चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी सुनसरी छाडेर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सुनसरी–२, सर्लाही छाडेर महन्थ ठाकुर महोत्तरी–२ र सर्लाही छाडेर राजेन्द्र महतो धनुषा–३बाट चुनाव लडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *