एसीसी यु–१९ एसिया कप क्रिकेटः नेपाल र मलेसिया भिड्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज नेपाल र आयोजक मलेसिया भिड्दैछन् । वायुमास ओभलमा नेपालले अहिले बिहान मलेसियासँग समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनुपर्ने भए पनि वर्षाका कारण खेल ढिला सुरु हुने बताइएको छ । एसियाली क्रिकेट काउन्सिलकाअनुसार खेल हुने मैदानमा वर्षा भईरहेको र वर्षा रोकिएपछि मात्र खेल संचालन हुनेछ । वर्षाको कारण नेपाल र मलेसियाबीच खेलको टस समेत भएको छैन ।

एसिया कपको समूह ‘ए’ मा रहेको नेपाल अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार जित हात पार्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । लगातार दुई खेलमा पराजित भएको मलेसिया पनि आज पहिलो जितको खोजिमा हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दासले मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने बताएका छन् ।

एसिया कपको सेमिफाइनल पुग्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब छ । मलेसियालाई भारी अन्तरले पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल यात्रा बलियो हुनेछ । नेपाल एक खेलमा जित र एक खेलमा हार बेहोर्दै तेस्रो स्थानमा छ ।
कठिन मानिएको समूहमा रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा भारतलाई १९ रनले पराजित गरेर नेपाली युवा टिमले इतिहास रचेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *