‘पद्मावती’ बारे बोले सलमान, ‘भन्सालीको फिल्म गलत हुँदैन’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । संजय लिला भन्सालीको फिल्म ‘पद्मावती’ को रिलिज विवादका विषयमा अभिनेता सलमान खानले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले निर्देशक भन्सालीको समर्थन गर्दै भनेका छन् नी उनका फिल्ममा कहिलै केही गलत हुँदैन । एक अन्तर्वातामा उनले भन्साली राम्रा फिल्म बनाउने निर्देशक भएको भन्दै सेन्सर बोर्डले यो विषयलाई हेर्नुपर्ने बताएका छन् । फिल्म हेर्दै नहेरी कुनै फैसला गर्नु राम्रो नभएको उनको तर्क छ ।

सलमान मात्रै होइन फिल्म इन्डस्ट्री पनि भन्सलीको समर्थनमा छ । डाइरेक्टर एसोसिएशन सहितका ५ फिल्म संगठनले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग फिल्म रिलिजको विषयमा हस्तक्षेप गर्न अपिल गरेका छन् ।

एसोसिएशनलले फिल्मलाई लिएर भइरहकोको विरोधको विरुद्ध १६ नोभेम्बरमा शान्तिपूर्ण तरिकाले प्रर्दशन गर्ने निर्णय समेत गरेको छ । राजस्थान, गुजरात, मध्यप्रदेश र अरियाणामा फिल्मको विरोध भइरहको छ । १ डिसेम्बरमा रिलिज हुने फिल्म यी चार राज्यमा प्रदर्शन नभए ठूलो घाटा लाग्ने बताइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *