पुरुषोत्तम र सबिना २०१७ को टप मोडल

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौँ, २८ कात्तिक । फेसन संसार डटकमले आयोजना गरेको ‘टप मोडल २०१७’ प्रतियोगितामा पुरुषोत्तम मलिक र सविना भण्डारी विजेता बन्न सफल भएका छन् । उनीहरूले दर्जन बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिन सफल भएका हुन् ।

टप मोडल २०१७ मा पुरुषतर्फ फस्र्ट रनरअप विकल्प शर्मा र सेकेन्ड रनरअप गणेश चन्द बन्न सफल भए भने महिलातर्फ फस्र्ट रनरअप रञ्जिता भट्टराई र सेकेन्ड रनरअप संगीता थापा भए ।

प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । प्रतियोगिताले युवायुवतीमा रहेका आत्मबललाई उजागर गराउने कार्य गरेको आयोजक फेसन संसार डटकमका सीईओ ओम ढुंगेलले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *