श्रीमतीसहित चुनावी प्रचारमा निस्किए उपेन्द्र यादव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावी प्रचारमा निस्किएका छन् । उनी श्रीमतीसहित चुनावमा प्रचारमा निस्किएका छन् ।

यादवले तीन दिनअघि सप्तरीको चर्चित छिन्नमस्ता माई मन्दिरमा पूजाआजा गरी चुनाव अभियान सुरु गरेका थिए । अहिले उनी सप्तरी २ मा चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

उपेन्द्रसँग वाम गठबन्धनका साझा उम्मेदवार उमेश यादव प्रतिस्पर्धा गर्दैछन् । सुनसरी र मोरङ छाडेर प्रदेश २ अन्तर्गत सप्तरीमा चुनाव लड्न आएदेखि नै उपेन्द्रको चर्चा चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *