दिलीप रायमाझी र प्रियंका कार्की डान्स रियालिटी सो ‘बुगी–वुगी’ को जुरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । चर्चित रियालिटी सो ‘नेपाल आइडल’ को अपार सफलतापछि एपीवान टेलिभिजनले डान्स रियालिटीसो ‘बुगी–वुगी’ चाँडै प्रसारण गर्ने भएको छ ।

सन् १९९६ देखि सोनी टेलिभिजनले प्रसारण गरेको ‘बुगी–वुगी’ कै फ्रेन्चाइजका रूपमा एपीवान टिभीले प्रसारण गर्न लागेको हो । यतिखेर मुलुकका विभिन्न ठाउँमा ‘बुगी–वुगी’ मा भाग लिने प्रतिभाहरूको खोजी भइरहेको छ । एपीवान टिभीले ‘बुगी–वुगी’ को प्रोमो बजाउँदा रियालिटी सोले छिट्टै दर्शकको मन जित्ने अनुमान लगाउन सकिन्छ ।

‘बुगी–वुगी’ डान्स रियालिटी सोको जुरी भने चर्चित नायक दिलीप रायमाझी र प्रियंका कार्की रहने बुझिएको छ । यसैगरी, डान्स डाइरेक्टर कविराज गहतराज पनि जुरीका एक सदस्य रहने भएका छन् । ‘बुगी–वुगी’ को जुरी बन्नकै लागि दिलीप रायमाझी चाँडै अमेरिकाबाट नेपाल आउने बुझिएको छ । दिलीप रायमाझी नृत्यकै कारण नेपाली चलचित्र क्षेत्रमा स्थापित भएका हुन् । उनलाई राजु शाहले नृत्य सिकाएका हुन् ।

यस्तै, नायिका प्रियंका कार्की पनि ‘बुगी–वुगी’ को जुरी हुनेछिन् । प्रियंका पनि नृत्यमा अब्बल छिन् । उनका सयौं म्युजिक भिडियो चर्चित छ । आफूले अभिनय गरेका चलचित्रका गीतमा प्रियंकाको नृत्यलाई सबैले मन पराएका छन् । उनी अहिले मुम्बई गएकी छन् ।

यसअघि प्रसारण भएको नेपाल आइडलमा संगीतकार न्ह्यु बज्राचार्य, गायिका इन्दिरा जोशी र संगीतकार कालीप्रकाश बासकोटा जुरी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *