आयो लाखौं परदेशीहरूलाई रूवाउने गीत ‘लैदे खबर चरी’ (भिडियाे)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । परदेशी र घरदेशी को कथामा आधारित हृदय बिदारक गीत ‘लैदे खबर चरी’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायीका देबी घर्ती मगर र जीतन भाईको आवज छ ।

गीतको शव्द र संगीत मौलिकतामा कलम चलाउन रमाउने कुशल सर्जक तथा गायक खेम पुनको रहेको छ । संगीतको संयोजन भने बिनोद बाजुरालीले गरेका छन् ।

छायांकार दुर्गा पौडेलले निर्देशन गरेको यो गीतमा चर्चित मोडेल द्वय रन्जिता गुरुंग र महेन्द्र गौतमको अभिनय गरेका छन् । आशिस म्यूजिक प्रालि मार्फत बजारमा आएको गीत म्यूजिक नेपालको यूट्यूब च्यानल बाट रिलिज भएको छ ।

कोरियालाई आफ्नो कर्मभूमि बनाएर बसेका गायक जीतन भाइले यस अघी आधा दर्जन बढी गीत बजारमा पस्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *