उम्मेदवार सांघातिक आक्रमणको शिकार, चार जना उम्मेदवार एम्बुुसमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संखुवासभा, २८ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सदस्य निर्वाचन नजिकिएसँगै उम्मेदवार लक्षित आक्रमण हुने क्रम बढेको छ । संखुवासभामा मंगलबार वाम गठबन्धनका चार उम्मेदवार सवार गाडी एम्बुसमा परेको छ । यद्यपी गाडीमा सामान्य क्षति पुगेपनि मानवीय र थप भौतिक क्षति हुन भने पाएन ।

चुनावी सभालाई सम्बोधन गर्न धुपुबाट बाह्रबिसे जाँदै गर्दा उम्मेवदार सवार गाडी एम्बुसमा परेको हो । एम्बुस बिष्फोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ ।

उक्त गाडीमा प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र गौतम, प्रदेशसभा तर्फ क बाट उम्मेदवार पूर्ण प्रसाद राई, समानुपातिक उम्मेदवार इन्दिरा मिश्र ‘चेतना’, राजेन्द्र कार्की ‘नबिन’ लगायतका नेताहरु सवार थिए । उम्मेदवार सवार गाडी एम्बुसमा परेपछि हेलिकोप्टरबाट गस्ती गरिएको थियो । तर, कसले र किन एम्बुस राखेको हो भन्ने खुलेको छैन । एम्बुस विस्फोट गराउनेको खाजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि मंगलबार बिहान भोजपुरमा प्रदेशसभा उम्मेदवार एमालेका नेता शेरधन राईमाथि बम आक्रमण भएको थियो । केही दिनअघि माओवादीका नेता तथा वाम गठबन्धनका उम्मेदवार जनार्दन शर्मा र वर्षमान पुन लक्षित बम आक्रमण र एम्बुस राखिएको थियो । वाम गठबन्धन उम्मेदवार लक्षित बम आक्रमण हुने क्रम बढेपनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था गर्न सकेको देखिएन । एकपछि अर्काे उम्मेदवार आक्रमणमा परिरहेका छन् ।

उम्मेदवारले असुरक्षित महसुस गर्दा मतदाताले मतदानस्थलमा पुगेर कसरी मत खसाल्न सक्छन् भन्ने प्रश्नका साथ सरकारको सुरक्षा व्यवस्थाप्रति सबैले चासो देखाएका छन् । तर, मुलुक निर्वाचनमय हुँदा गृहमन्त्री भने छैनन् । गृहमन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *