मलेसियाले नेपाललाई दियो ४६ रनको झिनो लक्ष्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा मलेसियाले नेपाललाई ४६ रनको झिनो लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर ४५ रन बनायो । वर्षाका कारण खेल अवरुद्ध भएपछि २४ ओभरमा झारिएको छ । नेपालले केहीबेरमै जवाफी ब्याटिङ गर्दैछ ।

यसअघि नेपालले १९ रनले भारतलाई हराएको थियो भने बंगलादेशसँगको २ ले पराजित भएको थियो । नेपाललाई समूह चरण पार गर्न जारी मलेसियासँगको खेल जित्नै पर्ने दबाबमा छ ।

एसीसी यू–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *