गायनलाई बेकारको पेशा अंगालिएछ भनेर सोच्थे, तर, अहिले निकै खुसी छु : गायिका जानकी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ कात्तिक । जानकी तारामी मगर पछिल्लो पुस्ताकी चर्चित लोकदोहोरी गायिका । जिल्लामा आयोजना हुने हरेक महोत्सव र सांस्कृतिक कार्यक्रममा उनलाई बोलाइने गरिन्छ ।

 झम्के माया, , पानीपुरी, मेयारनीको पोइ…लगायत गीत उनका चर्चित छन् । गायनलाई नै पेसा बनाउन लागेकी अहिलेकी चर्चित लोकदोहोरी गायिका जानकी ६–७ वर्षअघिदेखि सुर्खेतको एक गाउँबाट आफ्नो यात्रा सुरु गरेकी थिइन् ।

चुलबुले स्वाभावकी जानकी सानैदेखि आफ्नो ठाउँको सानोतिनो स्टार नै थिइन् । गाउँको कुनै पनि सांस्कृतिक कार्यक्रममा उनको उपस्थिति नै काफी हुन्थ्यो । सबैको वाहवाहीबाट हौसिएकी जानकीले लगभग २०६५ सालतिर सुर्खेत महोत्सवमा पुरुषोत्तम न्यौपाने, बिमाकुमारी दुराको प्रस्तुतिबाट यो पेसामा आउने पहिलो सोच बनाइन् । त्यसको एक वर्षमै घरतिर बुबाआमालाई मनाएर एल्बम निकाल्न बुटवल आएको कुरा सम्झिँदै मगर भन्छिन्, ‘यो यात्र त्यति सहज भएन ।’

गायक गायिका भइसकेपछि स्टुडियोमा गएर गीत रेकर्ड ग¥यो, त्यसपछि रेडियो, टिभीमा आफ्नो गीत घन्किन्छ अनि त सिधै हिट भन्ने आफ्नो सोचाइ एकाएक भताभुंग भएको महसुस गरेको उनी बताउँछिन् । जब दोहोरी बारमा काम गर्दैगर्दा गेस्टहरूलाई रातिराति फोन गरेर बोलाउनुपर्ने, उनीहरू आउँदा चिटिक्क बन्नुपर्ने मस्किएर बोल्नुपर्ने यो सब माहोलले जानकीलाई बेकारको पेसा अंगालिएछ भन्ने लाग्थ्यो ।

‘बाहिरबाट हेर्दा गायक गायिकाको जीवन चमकधमक देखिए पनि भित्री पीडा यति विघ्न हुन्थ्यो कि गायन पेसा नै छाडेर फेरि गाउँ फर्किउँ जस्तो लाग्थ्यो । तर पीडा के पनि थियो भने गाउँभरि फलानीकी छोरी त गायिका भइसकेकी छे रे, गाउँलेले पिटेको झ्यालीले मेरो मनको ढ्यांग्रो ठटाइदियो, अनि गाउँ फर्किने सोच बीचमै रोकियो,’ मिडिया एनपीसँग उनले भनिन् ।

छोटो समयमा दर्शकबीच राम्रो चिनारी बनाउने लोकदोहोरी गायिकामध्ये जानकी पनि पर्ने गरेको सुन्दा, यसको श्रेय आफ्नो मेहनत, दर्शकको रोजाइ र भाग्यको खेल यी तीन पाटोलाई समान रुपबाट हेर्न रुचाउने बताउँछिन् उनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *